खोलामा डुबेर दुई बालकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

सुनसरी । सुनसरीको जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको शनिबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियार छन् ।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी प्रवक्ता खतिवडाले बताए । टोलीले तत्काल उद्धार गर्दै खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्याएको उनले जानकारी दिए ।अस्पतालले दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित