सिरहा, असार मिर्चैया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ७० करोड ११ लाख ७१ हजार ८८३ को बजेट प्रस्तुत गरेको छ। शनिबार होटल रामजानकीमा बसेको नगरसभाको १५औं अधिवेशनमा नगरप्रमुख श्रवणकुमार यादवले सो बजेट सार्वजनिक गरेका हुन्।
कार्यक्रममा मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री संजयकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। मन्त्री यादवले स्थानीय तहहरूले दिगो विकास र वातावरणमैत्री पहलहरू सञ्चालन गरेकोमा प्रशंसा गर्दै योजनाहरू समावेशी, जनउत्तरदायी तथा स्थानीय आवश्यकता अनुरूप सञ्चालन गर्नुपर्नेमा जोड दिए।
बजेट विवरण यस्ता छन्:
- आन्तरिक आय तथा मौज्दात: रु १४ करोड
- नेपाल सरकारबाट राजस्व बाँडफाँड: रु १२ करोड ४६ लाख ६ हजार ४३
- प्रदेश सरकारबाट राजस्व बाँडफाँड: रु ९४ लाख १० हजार ४०
- सावाँत अनुदान (नेपाल सरकार): रु २१ करोड
- विशेष अनुदान (नेपाल सरकार): रु ७६ लाख
- सम्पूरक अनुदान (नेपाल सरकार): रु ९० लाख
- वित्तीय समानीकरण (नेपाल सरकार): रु ३ करोड १६ लाख
- सशर्त अनुदान (प्रदेश सरकार): रु ९३ लाख
- वित्तीय समानीकरण (प्रदेश सरकार): रु ९ लाख ५० हजार
- विशेष अनुदान (प्रदेश सरकार): रु १ करोड
- सम्पूरक अनुदान (प्रदेश सरकार): रु ३० लाख
नगरप्रमुख यादवले बजेट प्रस्तुत गर्दै नगरवासीको विश्वास र जिम्मेवारीलाई उच्च सम्मान गर्दै, जनअपेक्षा अनुरूप
समृद्धि तथा विकासतर्फ निष्ठापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, बजेट निर्माणमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने नगरसभा सदस्य, कर्मचारी तथा सरोकारवालाप्रति आभार प्रकट गरे। नगरसभाले प्रस्तुत बजेटलाई सर्वसम्मत रूपमा पारित गर्ने तयारी गरेको जनाएको छ।
www.hariopati.com


















Discussion about this post