लहानमा श्रमिक महिलाका लागि भवन निर्माण हुँदै

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

 असार। लहान नगरपालिका १२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तीकरणका लागि  ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ। महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो।

सोह्र लाख ४४ हजारको लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ। आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ। भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नम्पर १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद कुमार विसुङ्केले संयुक्त गरेका थिए।

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद कुमार विसुङ्केले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताए। ‘हिंसारहित वातावरणमा काम गर्न, न्यायोचित ज्यालाको माँग गर्न तथा विभिन्न तालिम, गोष्ठी सञ्चालन गर्न यो भवन उपयोगी हुनेछ; उनलेभने।

वडाअध्यक्ष बद्रीनारायण चौधरीले श्रमिक महिलाको सुरक्षाको सवालमा वडा कार्यालय तथा नगरपालिकाले संवेदनशीलता देखाउँदै आएको बताए। उनले लहानमा पहिलोपटक श्रमिक महिलाका लागि भवन बन्न लागेकामा खुसी व्यक्त गरे।

नगरप्रमुख महेशप्रसाद चौधरीले भविष्यमा यही भवनमा सीपमूलक तालिम, कानुनी साक्षरता कार्यक्रम र महिला नेतृत्व विकासका कार्य सञ्चालन सहज हुने भन्दै नगरपालिकाले यस्ता कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘महिला श्रमिकको हक, सुरक्षा र सशक्तीकरणका लागि लहान नगरपालिका सधैँ प्रतिबद्ध रहन्छ। भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ।’

कार्यक्रममा उपस्थित श्रमिक महिलाले भवनमा सञ्चालन हुने सीपमूलक तालिमले वैकल्पिक आयआर्जन पनि गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन्। भवन निर्माणका लागि लहान नगरपालिका १२ स्थित शिव मन्दिर छेउको सार्वजनिक जमिन नगरपालिकाले प्रदान गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित