गोलबजारले जित्यो “तेस्रो वी.पी.उपाधि

हरियो पाटी

हरियो पाटी

597
SHARES
818
VIEWS

सिरहा, असार ७ -धरान उपमहानगरपालिकाको संयोजकत्व तथा नेपाल सितोरियो कराते संघ धरानको आयोजनामा सम्पन्न तेस्रो वी.पी. मेमोरियल महिला राष्ट्रिय कराते प्रतियोगिता ८२” को उपाधि गोलबजार नगरपालिकाले जितेको छ। असार ५, ६ र ७ गतेसम्म धरानमा भएको प्रतियोगितामा गोलबजारका महिला कराते खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएका हुन्।

उपाधि प्राप्तिको खुसीका साथ, आज एक औपचारिक समारोहका बीच उक्त उपाधि गोलबजार नगरपालिकालाई हस्तान्तरण गरिएको छ। सो अवसरमा नगरप्रमुख श्यामकुमार श्रेष्ठ, उप-प्रमुख,मान्ती साह प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरि तथा कार्यपालिका सदस्यहरू उपस्थित थिए। खेलाडीहरूको सफलतालाई प्रशंसा गर्दै आगामी दिनमा खेलकुद क्षेत्रमा नगरपालिकाबाट थप सहयोग र प्रोत्साहनको प्रतिबद्धता जनाए।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले भने, “महिलाहरूको यो सफलता हाम्रो नगरको गौरवको विषय हो। खेलकुद क्षेत्रमा गोलबजारले राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन थालेको छ, यो गौरवको क्षण हो।

प्रतियोगितामा देशभरबाट सहभागी भएका विभिन्न टोलीहरूमध्ये गोलबजारका खेलाडीहरूले उत्कृष्ट खेल कौशल देखाउँदै पदकहरू जितेका थिए। यस उपलब्धिले नगरका युवा तथा खेलप्रेमीहरूमा थप उत्साह भरिदिएको छ।

गोलबजार नगरपालिकाले आगामी दिनमा खेलकुद पूर्वाधार विस्तार तथा खेलाडीहरूको प्रशिक्षणका लागि थप योजना ल्याउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित