- बाराको विश्रामपुर गाउँपालिका-३ को डम्पिङ साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाखको चोरी पैठारीको सामान बरामद गरेको छ।
- सशस्त्र प्रहरीले भारतबाट साइकलमा ल्याउँदै गरेको एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास बरामद गरेको हो।
- सामान ल्याउने व्यक्ति फरार रहेका छन् र बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइनेछ।
बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ ।
आज बिहान भारतबाट अवैध रूपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।


















Discussion about this post