गोलबजारका विद्यालय दुई दिन बन्द हुने 

Picture of हरियो पाटी

हरियो पाटी

583
SHARES
799
VIEWS

जेष्ठ २८- गोलबजार नगरपालिकाले अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा परेको प्रतिकुल असरलाई ध्यानमा राख्दै गोलबजार नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाले वर्षे विदाबाट कट्टा हुनेगरी जेष्ठ २९ र ३० गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको गोलबजार नगरपालिका नगर प्रमुख श्याम कुमार श्रेष्ठले बताए ।गोलबजार नगरपालिकालका सिक्षा शाखा प्रमुख अन्नत कुमार पौडयलले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामा नै बेहोस हुन थालेपछि पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको बताए ।

जारी सूचनामा जेष्ठ २९ र ३० गते गोलबजार नगरपालिका भित्रका सबै विद्यालय बन्द रहने उल्लेख छ ।
अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले विद्यालय बन्द गर्न माग गर्दै आएका थिए ।

सिरहा लगायतका मध्यतराईका जिल्लाहरूमा जेष्ठ महिनामा पनि गर्मी असहन नहुने गरी बढेको छ । यहाँको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ, जसका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको छ । तेसैगरी सिरहा नगरपालिकाले पनि दुई दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित