गोलबजारमा महिला स्वास्थ्य स्वयंसेविकालाई सामग्री वितरण

Picture of हरियो पाटी

हरियो पाटी

564
SHARES
772
VIEWS

गोलबजार, सिराहाको गोलबजार नगरपालिकाले समुदायस्तरमा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई आवश्यक सामग्री वितरण गर्दै उनीहरूको सेवामा थप सहजीकरण गरेको छ। वडा नं. ७ को कार्यालयबाट विनियोजित बजेट अन्तर्गत वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल कुर्सी, तिरपाल, छाता, पिउने पानीको जग, बाल्टिन लगायतका स्वास्थ्य सेवा सञ्चालनमा सहयोगी सामग्री प्रदान गरिएको हो।

सामग्री वितरण कार्यक्रम ७ नम्बर वडा कार्यालयको आयोजनामा सम्पन्न भएको थियो। नगरप्रमुख श्याम कुमार श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा कर्मचारी तथा स्थानीय सरोकारवाला स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई धन्यवाद ज्ञापन गर्दै समुदायको स्वास्थ्य प्रवर्द्धनमा उनीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको पहिलो सहारा हुन्। सुदूर वस्तीका मानिससम्म स्वास्थ्य जानकारी र सेवा पुर्‍याउने महत्वपूर्ण कडीका रूपमा तपाईंहरूको भूमिका अत्यन्त प्रशंसनीय छ, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले आगामी दिनमा अझ बढी सहकार्य, सम्मान र क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष, हरिसरन ठाकुर स्वास्थ्य शाखाका प्रतिनिधि, पालिकाका कर्मचारी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य क्षेत्रका लागि समर्पित यी स्वयंसेविकाहरूलाई आवश्यक सामग्री प्राप्त भएपछि उनीहरूले नगरप्रतिको आभार व्यक्त गर्दै आफ्नो सेवा कार्यमा अझ थप प्रेरणा मिलेको बताए।

एक महिला स्वयंसेविकाले भनिन्, हामीजस्ता स्वास्थ्यकर्मीलाई यसरी सम्झेर आवश्यक सामग्री उपलब्ध गराउनु नगरपालिकाको सराहनीय पहल हो। यसले हाम्रो काममा सहजता र मनोबल दुवै बढाएको छ।

कार्यक्रम समापनसँगै सहभागीहरूले स्वास्थ्य सेवा प्रणाली सुदृढ गर्न यस्ता प्रयासहरू निरन्तर रहनुपर्नेमा जोड दिएका थिए। गोलबजार नगरपालिका अन्तर्गतका अन्य वडामा पनि क्रमशः यस्ता वितरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित