सिरहा, जेठ २१ – नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सचिव पदका लागि मधेश प्रदेशका युवा नेता सतिस चन्द्र सिहको उम्मेदवारीले चर्चाको केन्द्र स्थान ओगटेको छ। ३२ वर्षे उमेरहदका कारण नयाँ पुस्ताका नेता खोजी भइरहेका बेला सतिस सशक्त प्रतिनिधिको रूपमा अगाडि आएका छन्।
सिरहाको गोलबजार निवासी सिह हाल अनेरास्ववियु मधेश प्रदेशका सचिव हुन्। मधेशको जटिल राजनीतिक परिवेशमा संगठनलाई पहिलो स्थानमा पुर्याउन खेलेको भूमिकाले उनलाई सचिव पदको बलियो दाबेदार बनाएको छ। हालै सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले मधेश प्रदेशमा पहिलो स्थान हासिल गर्नु सिहको नेतृत्व क्षमताको प्रतिफलका रूपमा हेरिएको छ।
सशक्त नेतृत्व र फरक पहिचान
सतिस चन्द्र सिह केवल राजनीतिक क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि परिचित छन्। विद्यार्थी आन्दोलनदेखि संगठन विस्तारसम्म उनको निरन्तर सक्रियताले उनीलाई अन्य आकांक्षीहरूभन्दा फरक बनाएको छ।
सहयोगी नेतृत्व र पार्टी सन्तुष्ट
स्रोतहरूका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व कानुन मन्त्री लीलानाथ श्रेष्ठ तथा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिह पनि सिहको कार्यशैलीबाट सन्तुष्ट छन्। ओली नेतृत्वको एमालेले मधेश प्रदेशको नाम ‘जानकी’ राख्ने प्रस्ताव अघि सारेको सन्दर्भमा सिहको उम्मेदवारीले त्यसलाई थप युवा-मैत्री तथा समावेशी सन्देश दिन सक्ने विश्लेषण गरिएको छ।
महाधिवेशन र संगठन संरचना
अनेरास्ववियुको २४औं महाधिवेशन जेठ २५ गतेदेखि कीर्तिपुर, काठमाडौंमा सुरू हुँदैछ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गर्ने कार्यक्रम छ। नयाँ संगठन संरचनाअनुसार अध्यक्षसहित ९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ। यस संरचनामा क्षेत्रीय, भाषिक र लैङ्गिक सन्तुलन आवश्यक हुने भएकाले सतिसको उम्मेदवारी थप सान्दर्भिक भएको बताइन्छ।
सतिस चन्द्र सिहको सचिव पदको अभियान न केवल एक उम्मेदवारी हो, यो मधेश र युवा नेतृत्वको सशक्त प्रतीक पनि हो, जसले एमालेको समावेशी दृष्टिकोणलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ


















Discussion about this post