सिरहामा मुद्दा मिलाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

580
SHARES
794
VIEWS

सिरहा, २० जेठ। सिरहा प्रहरीले सवारी ज्यान मुद्दा मिलाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दा नम्वर ३६६ मिलाई दिन्छु भन्दै एक लाख ७० हजार रकम ठगी गरेको आरोपमा सिरहाकै विष्णुपुर गाउँपालका १ गौरीपुरका प्रमोद कुमार महतोलाई सिरहा सदरमुकामबाट पक्राउ गरेको हो।

महतोले सवारी ज्यान मुद्दामा हिरासतमा रहेका विवेक यादवलाई छुटाईदिने भन्दै आमा रानी देवी यादवसँग उक्त रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रानी देवीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी विरेन्द्र कुमार पासवानले जानकारी दिए।

महतोले रानीसँग २०८१ असार २७ गते महतोलाई प्रहरीबाट छोरा छुटाउन भन्दै उक्त रकम ठगीगरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

सोही जाहेरीको आधामार महतोलाई सोमबार राती  सदरमुकामबाट पक्राउ गरेको हो। उनलाई आजै जिल्ला अदालत सिरहाबाट ४ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जनकोको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित