गोलबजारमा ट्रमा सेन्टर निर्माण हुने पक्का स्थानीय खुशी

Picture of हरियो पाटी

हरियो पाटी

921
SHARES
1.3k
VIEWS

सिरहा, गोलबजार – मधेश प्रदेश अन्तर्गत सिरहाको गोलबजारमा अब ट्रमा सेन्टर निर्माण हुने निश्चित भएपछि गोलबजार बासी  खुशी भएको छ। संघीय सरकार र मधेश प्रदेश सरकारको संयुक्त अनुदानमार्फत कुल २९ करोड ३६ लाख रुपैयाँको बजेट विनियोजन भएसँगै ट्रमा सेन्टरको सपना साकार हुने भएको हो।
पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठको विशेष पहल तथा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको चाहना र योजनाअनुसार गोलबजारमा ट्रमा सेन्टर स्थापना गर्न लागिएको हो। आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस योजनालाई समावेश गरिएको छ।

गोलबजारको भौगोलिक अवस्थिति र लगातार बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै यहाँको स्थानीय समुदायले स्वास्थ्य पूर्वाधारको सुदृढीकरणको माग गर्दै आएका थिए। यो ट्रमा सेन्टर निर्माणसँगै पूर्व-पश्चिम राजमार्ग आसपासका दुर्घटनाग्रस्त तथा आकस्मिक स्वास्थ्य सेवाका लागि ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

नगरबासीहरूमा यस निर्णयले अत्यन्तै खुसीको माहोल छाएको छ। उनीहरूका अनुसार स्वास्थ्य सेवामा सुधारका लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो।
गोलबजार नगरपालिका समेतले यस योजनालाई स्वागत गर्दै आवश्यक सहयोग गर्ने गोलबजार नगरपालिकाकका नगर प्रमुख श्याम कुमार श्रेष्ठले प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित