सप्तरीमा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

सप्तरी । सप्तरीमा शनिबार (जेठ १७) बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२, धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार, घरदेखि करिब ५०० मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने गरेका थिए । कहिलेकाहीँ उनी खेतमा बनाइएको टौवा (छाप्रो)मा सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको स्थानीय लीलबहादुर मगरले बताए ।

“राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यति बेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवानजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ,” मगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित