गोलबजार-८ मा स्यालो ट्युबेल जडानमा अनियमिता,वडा अध्यक्ष लाई हरेक योजनामा कमिसन

हरियो पाटी

हरियो पाटी

681
SHARES
933
VIEWS

सिरहा, जेष्ठ ९– गोलबजार – सिरहाको गोलबजार नगरपालिका-८ मा सिचाइका लागि जडान गरिएको स्यालो ट्युबेल योजनामा वडा अध्यक्ष देवनारायण महतोलेव बिना उपभोक्ता समिति गठन नगरिकन योजना सञ्चालन गरी आफन्तलाई लाभ दिने गरेको पाइएको छ। वडा अध्यक्ष महतोले कानुन उलंघन गर्दै वडा नम्बर- ४ मा समेत स्यालो ट्युबेल जडान गरि रहेको छ ।

वडा अध्यक्ष महतोले कमिसनको लोभमा करिब रु १० लाख बराबरको योजना वडाध्यक्षले आफ्ना आफन्त र नजिकका व्यक्तिका खेतबारीमा ट्युबेल जडान गरेर कार्यान्वयन गरिएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दा शिवकुमार यादवका अनुसार वडाध्यक्ष महतो कमिसनको लोभमा आफन्तलाई प्राथमिकता दिँदै योजनाको नाममा चलखेल गर्दै छन्। पछि समिति बनाएर झुटो औपचारिकता पूरा गर्ने दाउमा देखिन्छ ।

योजना निर्माण र निर्णय प्रक्रियामा वडाका अन्य सदस्यहरूलाई अछुतो राखिएको पाइएको छ। वडा सदस्य मोतिलाल यादवले भने वडाध्यक्षले कुनै जानकारी नदिई एकलौटी रूपमा निर्णय गर्दै छन्। अर्का सदस्य तनुक्लाल महतोले पनि योजना बारे आफूलाई कुनै जानकारी नदिएको भन्दै अध्यक्षले आफैंले मनलाग्दी गरिरहेको आरोप लगाए।

गोलबजार नगरपालिकाका प्रमुख इन्जिनियरका जय गणेश महतोका अनुसार, यस योजनाका लागि कसैलाई पनि टेण्डर काेटेसन प्रक्रिया अनुसार जिम्मा दिइएको छैन। नगर प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले भने कानुनी प्रक्रिया नअपनाई गरिएका योजनाहरूलाई नगरपालिकाले कुनै हालतमा भुक्तानी दिने छैन।” उनका अनुसार वडा नं. ८ मा हालसम्म उपभोक्ता समिति गठन र टेण्डर कोटेसन नगरिएको स्पष्ट छ।

यता, वडाध्यक्ष देवनारायण महतोले भने योजना वडास्तरीय भएको र नगरपालिकाले कोटेसनमार्फत काम गराएको दाबी गरे। तर, नगरपालिकाको अभिलेखमा कोटेसन वा सार्वजनिक प्रक्रिया कुनै पनि उल्लेख छैन।

स्थानीय उपभोक्ताहरूको आरोप अनुसार वडाध्यक्ष महतोले हरेक योजना कार्यान्वयनमा निश्चित कमिसन अनिवार्य गरेका छन्, र बिना कमिसन सहमति नभएकालाई योजना कार्यसम्पन्नको चिठीसमेत नदिइएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित