सिरहाको गोलबजारमा ग्राइभेल उत्खनन्को अवैध साम्राज्य, स्थानीय प्रशासन मौन

Picture of हरियो पाटी

हरियो पाटी

650
SHARES
891
VIEWS

गोलबजार सिरहा जेष्ठ  ७ – सिरहाको गोलबजार नगरपालिका-४ मा अवैध रूपमा ग्राइभेल उत्खनन तथा भण्डारण कार्य चलिरहेको छ। स्थानीय प्रहरी र नगरपालिकाका केही कर्मचारीहरूको मौन रूपमा अघि बढिरहेको स्थानीयवासीहरूको आरोप छ।

गोलबजार नगरपालिका ११का रिझन महतोले केहि दिनदेखि गोलबजार-४ मा पूर्व-पश्चिम राजमार्गको छेउमै अवैध ग्राइभेल भण्डारण गर्दै आएका छन्। यो ग्राइभेल गोलबजार नगरपालिका र धनगढीमाई नगरपालिकाबाट गैरकानुनी रूपमा उत्खनन गरि राखीएको हो  ।

स्थानीय सेवक लाल यादवका अनुसार, ग्राइभेलको यो भण्डारणस्थल नजिकै गोलबजार प्रहरीको चौकी रहेको भए तापनि प्रहरी तथा सम्बन्धित स्थानीय तह मौन बसिरहेको छ। “प्रहरी र सरकारकै संरक्षणमा यस्तो अवैध धन्दा चलिरहेको छ,” उनले भने।

त्यस्तै, स्थानीय बासिन्दा राम हरि महतो भन्छन्, “खानी उत्खनन तथा ग्राइभेलको भण्डारणका लागि स्थानीय तहबाट अनिवार्य स्वीकृति आवश्यक हुन्छ। तर यहाँ न कानुनको पालना छ, न कसैको ध्यान त्यतातिर गएको छ।”

कानुनी प्रावधान के भन्छ?

नेपाल सरकारको खनिज पदार्थ सम्बन्धी नियमावली, २०५६ अनुसार, कुनै पनि किसिमको खानी उत्खनन वा निर्माण सामग्री (ढुंगा, बालुवा, ग्राइभेल) को संकलन तथा भण्डारण गर्न सम्बन्धित निकाय (जिल्ला समन्वय समिति वा स्थानीय तह) बाट पूर्वस्वीकृति लिनु अनिवार्य हुन्छ। त्यस्तै, पर्यावरण संरक्षण ऐन, २०७६ अन्तर्गत यस्ता गतिविधिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (EIA/IEE) समेत आवश्यक हुन्छ।तर, गोलबजारमा भइरहेका यस्ता गतिविधिहरूमा ती कुनै कानुनी प्रक्रिया नअपनाइएको देखिन्छ।

स्थानीय बासिन्दाहरूले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल अनुसन्धान र कारबाहीको माग गरेका छन्।यस विषयमा गोलबजार नगरपालिकाका  सम्बन्धित राजस्व शाखामा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित