गोलबजार घटनामा पाँच वडाध्यक्षको संलग्नता, गोप्य अडियो सार्वजनिक

हरियो पाटी

हरियो पाटी

909
SHARES
1.2k
VIEWS

सिरहा, बैशाख ३- सिरहाको गोलबजार नगरपालिका-४ स्थित दुर्गा मन्दिर नजिकैको शुक्रबार बेलुका एक मदिरा पसलअगाडि बेवारिसे अवस्थामा फेला परेका दुई मोटरसाइकल र त्यससँग जोडिएको घटनाले नयाँ मोड लिएको छ। उक्त घटनामा पाँच जना वडा अध्यक्ष रहेको खुलासा भएको छ।

होटेल सञ्चालक विनय यादवले दिएको जानकारीअनुसार, सो दिन घटनास्थलमा सिरहा नगरपालिका-५ का वडा अध्यक्ष जागेश्वर यादव, वडा नम्बर-४ का अध्यक्ष मोहम्मद शमशाद, र अन्य वडा अध्यक्षसहित पाँच जना वडाध्यक्षहरू थिए। घटनामा संलग्नमध्ये वडा-६ का अध्यक्ष पनि प्रहरी देखेपछि फरार भएको स्रोतले जनाएको छ।

एक गोप्य अडियोमा वडाध्यक्ष यादवले “हिजो ठुलो दुर्घटनाबाट बाँच्यौं, पैसा र पावर नभएको भए ठुलो दुर्घटना हुनेथियो” भन्दै आफ्नो प्रभाव र पहुँचकै कारण बचिएको    होटेल सञ्चालक विनय यादवले भनेका छन । यो बिषयमा संम्बन्धित वडा अध्यक्ष संग बुझन खोज्दा उहाँको मोबाइलको बन्द भएको थियोे ।

घटनाको अनुसन्धानका क्रममा मोटरसाइकलसहित पक्राउ परेका वडा अध्यक्ष जागेश्वर यादव केही समयमै प्रहरी हिरासतबाट छुटेका थिए, जसले कानुनी प्रक्रिया र राजनीतिक पहुँचबारे प्रश्न उठाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, विवादपछि प्रहरी आउनुअघि घटनामा संलग्न याैनधन्दा गर्ने टीहरूलाई भगाइएको थियो। घटनामा संलग्न वडाध्यक्षहरूले भने आफूहरू केवल लुगा किन्न गएका दाबी गरेका छन्। स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित