सिरहामा कक्षा १२ को परीक्षा कक्षमै मोबाइल प्रयोग, सुरक्षा जिम्मेवारीमै खटिएका प्रहरी र केन्द्राध्यक्षकै मिलोमतो

Picture of हरियो पाटी

हरियो पाटी

602
SHARES
824
VIEWS

सिरहा, बैशाख ३० बैशाख २१ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षा सिरहामा शान्तिपूर्ण देखिए पनि भित्रभित्रै अनियमितता र लापरवाही चरम छ। विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूले खुल्लमखुल्ला मोबाइल प्रयोग गरिरहेको पाइएपछि परीक्षाको गोपनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ।

सिरहाका विभिन्न विद्यालयहरूमा सञ्चालित परीक्षामा खटिएका प्रहरी जवानहरू तथा परीक्षा केन्द्रका अध्यक्षहरूकै मिलेमतोमा आर्थिक लेनदेनको आधारमा मोबाइल प्रयोगको छुट दिइएको स्थानीय स्रोतले जनाएको छ। विद्यार्थीहरूले परीक्षा हलभित्रै उत्तर खोज्ने, इन्टरनेटमार्फत सहयोग लिने तथा मोबाइलबाट सन्देश आदानप्रदानसमेत गरिरहेका दृश्यहरू सहजै देखिन्छन्।

एक जना परीक्षार्थीका अनुसार, “मोबाइल लान नदिने भनिए पनि केही विद्यार्थीहरू सजिलै मोबाइलसहित परीक्षा दिन पाएका छन्। केहीले त खुलेआम प्रयोग पनि गरेका छन्।”

स्थानीय अभिभावकहरू तथा समाजसेवीहरूले यसप्रकारको लापरवाहीप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। यस्ता घटनाले परीक्षाको गुणस्तर, निष्पक्षता र भविष्यप्रतिको विश्वासमा गम्भीर आघात पुर्‍याउने उनीहरूको भनाइ छ।

यस सम्बन्धमा रास्ट्रय रास्ट्रियपरिक्षा बाेेड लहानले हालसम्म कुनै प्रतीकृया  दिएन्न।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित