सिरहा, वैशाख १९ । सिरहाकाे गोलबजार नगरपालिका-१२ हरिपुरमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भव्यताका साथ सम्पन्न गरिएको छ। मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
शिलान्यास कार्यक्रममा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम श्रेष्ठ, वडा नं. १२ का अध्यक्षसहित स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री सिंहले स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउनका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउँदै यस स्वास्थ्य चौकीले हरिपुर तथा बेताउना वरपरका बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले नगर भित्र आधारभूत स्वास्थ्य संरचना सुदृढीकरण अभियान अन्तर्गत यो भवन निर्माण हुन लागेको र आगामी दिनमा थप स्वास्थ्य सेवाहरू विस्तार गरिने जानकारी दिए।
स्थानीय जनसमुदायले पनि स्वास्थ्य चौकी भवन निर्माणको कार्यलाई स्वागत गर्दै यसले स्वास्थ्य उपचारमा सहजता ल्याउने आशा व्यक्त गरेका छन्।



















Discussion about this post