औरही घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

हरियो पाटी

हरियो पाटी

534
SHARES
731
VIEWS

सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परीवारलाई विभेद गरेको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवमाथि अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो ।

जातीय छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । सोही घटनाका आरोपी बजरंगी बाबाको भने खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित