जिल्ला प्रहरी कार्यालय भित्र पञ्चायती गरी घटना दबाउने प्रयास , पीडितलाई मिलापत्र गर्न ललाई फकाई गरिंदै

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट अछुतको फत्तुर थापेर डोजर लगाएर दलित दीपक मरिकको घर भत्काएका कारण पक्राउ परेका औरही गाउँ पालिका अध्यक्ष शिवजी यादवलाई बचाउने खेल प्रारम्भ भएको छ ।

जिल्ला प्रहरी कार्यालय भित्र पञ्चयती ( सामाजिक छलफल ) गरी मिलापत्र गराउन प्रहरी उपरीक्षक रमेश पण्डितले वातावरण बनाउन थालेका छन् । जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका मरिकलाई सामाजिक छलफलमा अल्मल्याइएको छ । जिल्ला प्रहरी कार्यालय भित्र विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित अगुवाहरुलाई बोलाएर गाउँ घरको घटना

हो मिल्नु मिलाउनु पर्छ भनेर पैरवी गरिन थालिएको छ । पञ्चायतीमा पत्रकारहरुलाई भने प्रवेश गर्न रोक लगाइएको छ । पत्रकार राहुल रायलाई गेटमै रोकियो ।

बिहान १० बजे जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका दीपक मरिकको जाहेरी दिउसो १ बजेसम्म दर्ता भएको छैन । उनलाई पञ्चायतीमा भुलाएर सम्झाइ बुझाइ गर्ने प्रयास भइरहेको छ । ललाई फकाई गरी जाहेरी मै मुद्दा हल्का गराउने वा सर्वपक्षीय सहमतिको नाममा एउटा कागज खडा गरी मुद्दा दर्ता नगर्ने प्रपञ्च रचिएको छ । यस कार्यमा सिरहाका एसपी रमेश पण्डित दिलोज्यान दिएर लागेका छन् ।

सांसदहरु , मिडिया र दलित आन्दोलनको दबाबाका कारण प्रहरीले हिजो शुक्रवार अपरान्ह पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको थियो ।

दलितको घर भत्काउने आरोपीहरु पक्राउ परेपछि आज पीडित दीपक मरिक जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका थिए ।

दलित आयोगका पूर्व सदस्य कवुली पासवानले छुवाछुतको अपराधमा मिलापत्र हुँदैन । रिंकु सदाको बलात्कार घटनामा पञ्चायती गरे जस्तो गर्नु हुँदैन भनेर अडान लिएका छन् । तर एसपी पण्डितले आनाकानी गरेर घटनालाई दवाउने अनेक जुक्ती गरिरहेको एक दलित अगुवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित