गोलबजारमा तीन शिक्षकको तलबभत्ता सरकारी खातामा दाखिला

हरियो पाटी

हरियो पाटी

627
SHARES
859
VIEWS

सिरहा,७ चैत्र ।सिरहाको गोलबजार नगरपालिका स्थित रहेको श्री जनता माध्यमिक विद्यालय, प्राविधिक, गोलबजारका शिक्षक विमला कुमारी झा, अन्तराम यादव ले ०८१ असोज मसान्तसम्म) र गौरीशंकर सिंह (१० दिन) को तलबभत्ता विद्यालय खातामा निकासा भए पनि सो रकम पाँचलाख ५५ हजर ९ सय दश रुपैया सरकारी खातामा दाखिला गरिएको जनाएको छ।

पुर्व-प्राध्यापक भरत प्रसाद साहले,एक बिज्ञप्ति जारी गर्दै,विद्यालय हाल बिहान र दिउँसो सिफ्ट) गरी दुई सिफ्टमा कक्षा सञ्चालन भइरहेको छ। विद्यार्थीको चाप अत्यधिक भएका कारण प्रशासनिक तथा शैक्षिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विद्यालयले जनाएको छ। आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयमा दुई जना लेखापाल कार्यरत छन्, जसमा रामेश्वर साहलाई आर्थिक व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ।

विद्यालयले हालसम्म तीन जना शिक्षकको मात्र तलबभत्ता बढी माग गरी निकासा भएको बिज्ञप्तिमा उल्लेख गरिएको  छ। विद्यालयका पुर्व-प्र.अ भरत प्रसाद साहले आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट गर्दै नगरपालिकाले माग गरेको स्पष्टिकरणमा लेखापाल रामेश्वर साहले सबै विवरण प्रस्तुत गरिसकेको बताए।भुलवश बढी तलब निकासा हुन गएको प्र.अ साहले जारी गरेको बिज्ञप्तिमा उल्लेख गर्दै सबै रकम सरकारी खातामा  दाखिला गरिएको जनाएको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित