सिरहाका दुई क्याम्पसमा नेविसंघ विजयी

हरियो पाटी

हरियो पाटी

524
SHARES
718
VIEWS

 

सिरहा चैत ६ सिरहा । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखि क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।

स्ववियू सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् । उहाले एक सय ७८ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका सभापति उम्मेदवार विवेक कुमार मण्डलले एक सय १० मत मात्र पाए । स्ववियू सचिवमा रमेश कुमार यादव र कोषाध्यक्षमा राम यादव निर्वाचित भएका छन् । उनी दुबैजना नेविसंघकै छन् ।

सदस्यहरुमा नेविसंघकै उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कञ्चन पासवान, आरती कुमारी मण्डल, अजिता कुमारी यादव, विशाल यादव र मनिषा कुमारी यादव निर्वाचित भएका छन । तेसैगरि सिरहाको लहानस्थित जे.एस. मुरारका बहुमुखि क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।
स्ववियू सभापतिमा नेविसंघका रोहित राउत विजयी भएका हुन् ।

उनले पाँचसय ७५ मत ल्याएर निकटम प्रतिस्पर्धीसंग एक सय ४४ मतान्तरले विजयी भएका छन् ।निकटम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष चौधरीले चारसय ३१ मत ल्याए । विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले मात्र ९७ मत पाएका छन । रातोपटी वाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित