कुर्ता च्यातिकाएको रिसमा छुरा हानेर युवकको हत्या, नयाँ कुर्ता किनिदिने भन्दा पनि छोडेनन्

हरियो पाटी

हरियो पाटी

563
SHARES
771
VIEWS

जनकपुर– तिन दिनअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीका १५ वर्षीय आँशु यादवको हत्या कुर्ता च्यातिएको विषयमा साथीले नै गरेको खुलेको छ।

शनिबार होली खेल्ने क्रममा साँझ करिव ५ बजे स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए। घरमा भएका उनलाई साथी मार्फत बोलाएर छाती, ढाड र पेटमा छुरा प्रहार गरिएको थियो।

गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो। धर्मेन्द्र तत्कालै छुरासहित पक्राउ परे।। धर्मेन्द्रले आशुमाथि छुरा प्रहार गर्दा काकी विनिता र छोरा रुपेशले रोक्न खोजेका थिए। त्यसक्रममा रुपेशलाई पनि दुई ठाउँमा छुरा लागेको खुलेको छ।

आँशुकी आमा अर्चनाका अनुसार होली खेल्ने क्रममा धर्मेन्द्रको कुर्ता (टी–सर्ट) थोरै च्यातिएको थियो। सोही विषयमा धर्मेन्द्र रिसाएर आँशुलाई मार्ने धम्की दिए। अर्चनाले सम्झाई बुझाई गरी नयाँ कुर्ता किनिदिने बताएपछि उनी घर फर्किएका थिए।

तर, केही समयपछि धर्मेन्द्रले आफ्ना साथीहरु लगाएर आशुलाई बोलाउन पठाएको अर्चचनाले वताईन। आफुले रोक्दा रोक्दै आँशु, राजन र रुपेश घरबाट निस्किएको उनको भनाई छ। आँशु पुग्नासाथ धर्मेन्द्रले छुरा प्रहार गर्न थालेका थिए। आशुलाई बचाउन गएकी काकी विनिताका अनुसार धर्मेन्द्रले आशुमाथि छुरा प्रहार गर्दा उनी र छोरा रुपेशले रोक्न खोजे।

त्यस क्रममा रुपेशलाई दुई ठाउँमा छुरा लागेको थियो। रुपेश भुईंमा ढलेको मौका पारी धर्मेन्द्रले तीनपटक आशुलाई छुरा हानेको विनिताले वताईन। गम्भीर अवस्थामा रुपेशले नै आशुलाई मोटरसाइकलमा प्रादेशिक अस्पताल पु¥याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

उनी जनकपुरधामस्थित यज्ञबलक्य ज्ञानकुप माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनत थिए। स्थानीयका अनुसार आशुका बुबा पप्पुको पनि केही महिनाअघि उपचारकै क्रममा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित