पाकिस्तानमाथि न्युजील्याण्ड ९ विकेटले विजयी

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

काठमाडौँ । न्यूजील्याण्डले पाकिस्तानविरुद्धको ५ खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।  आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेल न्यूजील्याण्डले ९ विकेटले जितेको हो ।

न्यूजील्याण्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।

पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए ।  त्यसैगरी न्यूजील्याण्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए ।

यो जितपछि पाकिस्तानले ५ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ र सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित