गोलबजार–८ का वडा विकास योजनामा वडा अध्यक्षको कमिसन खेल

हरियो पाटी

हरियो पाटी

774
SHARES
1.1k
VIEWS

सिरहा – गोलबजार नगरपालिका–८ का वडा अध्यक्ष देव नारायण महतोले नामको मात्र उपभोक्ता समिति गठन गरी विकास योजनाहरूमा अनियमितता गरेको आरोप लागेको छ। स्थानीयको आरोपअनुसार, अध्यक्ष महतोले भरखरै

सम्पन एलआईपी योजनाका खानेपानी बोरिङ जडान आरसीसी ढलान,जस्ता विकास निर्माणको योजनाहरू ठेकेदारलाई १० प्रतिशत कमिसनको आधारमा बिकास निर्माणको काम बाडेर कमिसनमा सञ्चालन गरिरहेका छन्।

खानेपानी समितिका अध्यक्ष पवन सहनीले आफूलाई समितिको नामका लागि मात्र राखिएको बताउँदै भने, “मलाई योजनाका कामको कुनै जानकारी छैन। वडा अध्यक्षले नै सबै काम स्थानीय लभ मह्तो लाई दस प्रतिशात कामिसनमा खानेपानी बोरिङ जडानको कम दिएको बताए ।

उहाले मलाई एउटा बोरिङ दिने कुरा भनेका छन्।” यो विषयमा आफुलाइ कुनै जानकारी छैन । वडा अध्यक्षले सबै काम गरि रहेको बताएका छन ।स्थानीय उपभोक्ताका अनुसार  गत आर्थिक वर्षमा बाउन्ड्री वाल, सिंचाइ बोरिङ, ग्राभेल तथा आरसीसी ढलान योजनाहरूबाट वडाअध्यक्षले

अपेक्षित कमिसन नपाएपछि चालु आर्थिक वर्षमा नामका मात्रै समितिहरू गठन गरेर ठेकेदारमार्फत काम गराएको बताएका छन। वडा अध्यक्ष महतोले कमिसनको प्रलोभनमा वडा स्तरीय योजना हरुलाई कोटेसन मार्फत काम गराउने दाउमा रहेको स्थानीयको आरोप रहेका छन ।

गत आर्थिक वर्षको प्रतेक योजनामा वडा अध्यक्षले कमिसन लिएको बुझिएकाे छ ।

यस विषयमा वडा अध्यक्ष महतोलाई सम्पर्क गर्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन। स्थानीयवासीहरूले नगरपालिकासँग यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। यदि आरोप प्रमाणित भए, यो स्थानीय सरकारको पारदर्शिता र सुशासनमाथि गम्भीर चुनौती हुने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित