रिंकु सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

सिरहा । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका हुन् ।मण्डललाई पक्राउ गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामुहिक बलात्कार भएको बयान दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित