सिरहा र सप्तरी बाट व्यापक रूपमा गाजा तस्करी, प्रहरीकै मिलेमतोको आशंका

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

सिरहा, फाल्गुन १९ — सिरहा र सप्तरीमा प्रहरीलाई चकमा दिँदै गाजा तस्करी व्यापक रूपमा भइरहेको खुलासा भएको छ। तस्करहरूले विभिन्न प्रकारका गाडी प्रयोग गरी सप्तरीको बेल्ही पातो, सिरहाको इटाटार, गैरगमा, र धनगढी माइअ नगरपालिकाको कसहा क्षेत्र हुँदै गाजा तस्करी गरिरहेका छन्।

स्थानीय स्रोतका अनुसार तस्करीमा संलग्न गिरोहले प्रहरीसँग समेत मिलेमतो गरी आफ्नो कारोबारलाई सहज बनाइरहेको छ। केही प्रहरी अधिकारीहरू नै तस्करहरूलाई सुरक्षा दिने, गाडी जाँच नगर्ने, वा तस्करहरूलाई अग्रिम सूचना दिने कार्यमा संलग्न रहेको समाचार श्रोतले जनाएको छ ।

गोप्य सूचनाका आधारमा प्राप्त जानकारीअनुसार,सप्तरीको बेल्ही पातोदेखि सिरहाकाे इटाटार हुँदै सीमावर्ती क्षेत्रसम्म गाजा ओसारपसार गरिन्छ, जहाँबाट भारत लगायतका अन्य स्थानहरूमा पठाइन्छ। यस क्रममा निजी तथा सार्वजनिक सवारीसाधनको प्रयोग गरिन्छ, जसले सुरक्षाकर्मीहरूलाई शंकास्पद गतिविधि पत्ता लगाउन गाह्रो भएको देखिन छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय, सिरहासँग सम्पर्क गर्दा, एक प्रहरी अधिकृतले अनुसन्धान भइरहेको बताए। उनले भने, “हामी गाजा तस्करी रोक्न प्रतिबद्ध छौं। यदि कोही प्रहरी संलग्न पाइए भने, उनीहरूलाई कडा कारबाही गरिनेछ।”

तर, वास्तविकता भने फरक रहेको स्थानीयवासी बताउँछन्। गाजा तस्करी अझै निरन्तर जारी छ, र प्रहरीको भूमिकाप्रति शंका बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित