गोलबजारमा प्रजातन्त्र दिवस,विविध कार्यक्रम गरी मनाइँदै

हरियो पाटी

हरियो पाटी

558
SHARES
765
VIEWS

सिरहा, फाल्गुन ७ – सिरहाको गोलबजार नगरपालिकाले आज विविध कार्यक्रमसहित ७४औं प्रजातन्त्र दिवस मनाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका सम्पूर्ण कर्मचारी, स्थानीय प्रहरी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला हरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भ धमिनी मन्दिर परिसर सरसफाइ गरेर गरिएको थियो। नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, तथा स्थानीयको उपस्थितिमा सरसफाइ अभियान सञ्चालन गरेका थिए। कार्यक्रममा नगर प्रमुख श्रेष्ठले प्रजातन्त्र दिवसको महत्वबारे प्रकाश पार्दै प्रजातान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबै पक्षहरूको योगदान आवश्यक रहेको बताए।

नगर प्रमुख श्रेष्ठले लोकतन्त्रको रक्षा तथा सुशासन प्रवर्द्धनका लागि जनतासँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै नगरपालिकाले जनहितका कार्यक्रमलाई प्राथमिकता दिने बताए। कार्यक्रममा अन्य वक्ताहरूले पनि लोकतान्त्रिक आन्दोलनका योगदानकर्ताहरूलाई सम्मान गर्दै स्वच्छ, सक्षम र उत्तरदायी शासनको आवश्यकता औंल्याए। नगरपालिकाले यस अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा नागरिक सहभागिताका कार्यक्रमहरू सञ्चालन गरेका थिए।

राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित