गोलबजार नगरपालिकाका कर्मचारी मीन घिसिङलाई स्पष्टिकरण सोधियो

Picture of हरियो पाटी

हरियो पाटी

675
SHARES
925
VIEWS

सिरहा, गोलबजार – गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई कुवाटर बाहिर बाट गाली गलौज जस्ता अभद्र व्यवहार गरेको आरोपमा नगरपालिकाका कर्मचारी तथा नेकपा (एमाले) का कार्यकर्ता मीन घिसिङलाई स्पष्टिकरण सोधिएको छ।

आज बसेको नेकपा (एमाले) नगर कमिटीको बैठकले घटनाको गम्भीर समीक्षा गर्दै घिसिङलाई स्पष्टिकरण पत्र काट्नेको छ। बैठक नगर कमिटीका अध्यक्ष राजकिशोर महतोको अध्यक्षतामा बसेको थियो। महतोका अनुसार, घिसिङको व्यवहारका कारणबारे स्पष्ट जवाफ मागिएको छ । र उचित जवाफ नआएमा कारबाही अघि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ।

नगर कमिटीले प्रशासनिक मर्यादा उल्लङ्घन नगर्न नगरपालिकाका सबै कर्मचारीलाई सचेत गराएको छ। साथै, कुनै पनि अवाञ्छित गतिविधिप्रति पार्टीले कडाइ गर्ने नीति अवलम्बन गर्ने बताइएको छ।

बैठकमा उपस्थित नेताहरूले घटनाको विस्तृत समीक्षा गरिरहेका छन्, र घिसिङको जवाफ प्राप्त भएपछि थप निर्णय गरिने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित