सिरहा जिल्लाको गोलबजार नगरपालिकाले वडा नं. ८, भाइजी टोलमा करिब १० लाख रुपैयाँ लागतमा एक सय २७ मिटर आर सीसी सडक ढलान सुरु भएको छ। स्थानीयवासीहरू नगरपालिकाले सडक सुधारका लागि चालेको कदमप्रति खुसी र उत्साहित भएका छन्।
स्थानीय दुखी मोचीका अनुसार वर्षायाममा बाटो हिलाम्मे भएर हिँडडुल गर्न समस्या हुने भएकाले यो सडक निर्माणको काम सुरु हुनुलाई स्थानीयका लागि ठूलो राहत भएको छ। उनले भने, “नगरपालिकाले हाम्रो समस्या समाधान गर्न लागेकोमा हामी निकै खुशी छौँ। अब पानी परे पनि हिलोको समस्या झेल्नु पर्ने छैन।
सडक ढलान कार्यको शुभारम्भका अवसरमा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ तथा वडा नं. ८ का वडा अध्यक्ष देब नारायण महतो उपस्थित थिए। उनीहरूले स्थानीयको माग बमोजिम विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। आर सीसी सडक ढलान उदघाट्न गर्दै
नगर प्रमुख श्रेष्ठले गोलबजार नगरपालिकाका विभिन्न स्थानहरूमा सडक स्तरोन्नति कार्य भइरहेको भाइजी टोलको यो सडक निर्माण स्थानीयहरूको जीवनयापन सहज बनाउने हाम्रो योजनाको एउटा हिस्सा हो।”
सडक निर्माण पूरा भएपछि भाइजी टोलका बासिन्दाहरूले सुरक्षित र व्यवस्थित बाटो प्रयोग गर्न पाउने छन्। स्थानीय सरकारले भविष्यमा अझ धेरै विकास निर्माणका कार्यहरू अघि बढाउने योजना बनाएको नगर प्रमुख श्याम कुमार श्रेष्ठ बताए ।
Discussion about this post