गोलबजारमा राधा–कृष्ण मन्दिर सामुदायिक भवनको शिलान्यास

Picture of हरियो पाटी

हरियो पाटी

586
SHARES
803
VIEWS

सिरहा, २४ माघ – सिरहाको गोलबजार नगरपालिका–३ जम्दहमा निर्माण हुन लागेको राधा–कृष्ण मन्दिर सामुदायिक भवनको आज शिलान्यास गरिएको छ। नगरस्तरीय योजनाअन्तर्गत निर्माण हुन लागेको यो भवनको शिलान्यास गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठले गरेका हुन्।

शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख श्रेष्ठले सामुदायिक भवनले स्थानीय समाजलाई एकीकृत गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

सामुदायिक भवन निर्माणका लागि नगरपालिकाबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। कार्यालय कोठा र एउटा सभा हल रहने उल्लेख गर्दै, यसले धार्मिक तथा सामाजिक कार्यहरू सञ्चालन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सामुदायिक भवन निर्माण हुने भएपछि स्थानीयबासीहरू उत्साहित भएका छन्। उनीहरूले मन्दिर क्षेत्रमा भौतिक संरचना निर्माण हुनु सकारात्मक कदम भएको बताएका छन्। स्थानीय समाजसेवीहरूका अनुसार, भवन निर्माणपछि विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरू सहज रूपमा सञ्चालन गर्न सकिनेछ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख श्याम कुमार श्रेष्ठ, वडा अध्यक्ष धन प्रसाद लामा, स्थानीय समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। सामुदायिक भवनको निर्माण कार्य छिट्टै सुरु हुने नगरपालिकाले  जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित