सिरहा- सिरहाको लहानमा रहेको एक सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाकाे सुखिपुर नगरपालिका–८ घर भएका ४५ वर्षीय ईन्दर भन्ने ईन्द्रनारायाण चौधरी, लाहान नगरपालिका–२२ बस्ने ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया, सोही नगरपालिकाको वडा नम्बर ४ बस्ने ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतको पश्चिम बंगालको हुगली ग्राम पञ्चायत घर भएका निरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरूलाई लहान नगरपालिका–७ बस्ने ४५ वर्षीय विकास कुमार शारदाको जाहेरीका आधारमा पक्राउ गरिएको हो । उनीहरूमाथि लहान बजारमा रहेको विकास ट्रेडर्समा डाँका गर्ने योजना आरोप लगाइएको छ ।
प्रहरी नायब उपरीक्षक पासवानको कमान्डमा खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानमा पक्राउ गरेको थियो । उनीहरूलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Discussion about this post