सिरहामा १८ किलो गाँजासहित एक जना पक्राउ

हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

सिरहा, २०८१ माघ १८ – सिरहा जिल्लाको मिर्चैया नगरपालिका-९, रमपुराबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्ने स्थानीय ४२ वर्षीय विनोद कुमार यादव रहेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान यादवको घरमा छापा मार्दा ठूलो १८किलो ग्राम गाँजा फेला परेको हो।

प्रहरीले यादवको घरको छतमा सुकाउन राखिएको अवस्थामा २२ वटा गाँजाका बोटहरू बरामद गरेको छ, जसको तौल करिब १८ किलो ग्राम रहेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी बिरेन्द्र पासवानका अनुसार प्रारम्भिक अनुसन्धानबाट यादव लामो समयदेखि गाँजा उत्पादन र तस्करीमा संलग्न रहेको खुलेको छ। उनले प्रत्येक वर्ष गाँजा उत्पादन गरी विभिन्न तस्कर गिरोहलाई बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ।

पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।प्रहरीले गाँजा खेती तथा लागूऔषध कारोबारलाई नियन्त्रण गर्न सिरहा जिल्लामा निगरानी बढाउने र यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो-कोहीलाई कारबाही गरिने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित