हेल्पिङ हर्ट नेपालद्वारा सिरहाका तीन अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा, १६ माघ। हेल्पिङ हर्ट नेपालले  सिरहाका तीन अस्पतालाई करोडौंको मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग सहयोग गरेको छ।  हेल्पिङ ह्यान्डस् युएसएको आर्थिक सहयोगमा जिल्लाको धनगढीमाई नगरपालिका ९ स्थित नैनपुर अस्पताल, सुखिपुर नगरपालिका ८ स्थित आधारभुत अस्पताल र अर्नमा गाउँपालिका १ महनौरस्थित महनौर अस्पताललाई करोडौं मूल्य बराबरको स्वस्थ्य उपगरणसहितका सामाग्री सहयोग गरेको हो।

स्थानीय समुदायलाई आधारभुत स्वास्थ्य सेवामा सहज पहँुच र सुधारमा योगदान पु¥याउने उदेश्यसहित आफ्नो संस्थाले सिरहासहित देशका अन्य जिल्लाहरुमा पनि स्वास्थ्य उपकरण, औषधीजस्ता समाग्रीहरु सहयोग गर्दै आएको हेल्पिङ हर्ट नेपालका महासचिव मो. मेराज खानले बताए।

संस्थाले तीन वटै पालिकाका प्रमुखसहित जनप्रतिनिधी, समाजसेवी तथा स्वस्थ्य कर्मचारीहरुको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी समाग्री हस्तान्तरण गरेको जानकारी दिए।

महासचिव खानले हेल्पिङ ह्याण्डस् युएसको सहयोगमा मधेश प्रदेशका सिरहा, महोत्तरी र सर्लाहीसहित  देशभरका ४२ जिल्लामा काम गरिरहेको जानकारी दिए।

उनले आफ्नो संस्था विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै सामाजिक सेवाका कार्यहरूमा सक्रिय रहँदै आएको बताए।

विशेषगरी दलित, अति विपन्न र आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउन सकौं भन्ने उद्देश्यसहित सरकारी अस्पताललाई प्राथमिकतामा राखेर सहयोग गर्दै आइरहेको उनको कथन रहेको छ।

सुखिपुर नगरपालिकाको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यममा पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। उनले संस्थाको कार्यको प्रसंशा गरेका थिए।स्वास्थ्य सामाग्री प्रप्त गर्ने पालिका तथा अस्पताललहरुले संस्थालाई विशेष धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित