बारा प्रहरीको हिरासतबाट एक थुनुवा फरार

हरियो पाटी

हरियो पाटी

536
SHARES
734
VIEWS

बारा । बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार सिमरा– २ निवासी महेश चौधरी फरार भएका हुन् ।

उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनका अनुसार फोहोर फ्याल्न निकाल्दा उनी फरार भएका हुन् । फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी दिएको छ । विशेष टोली परिचालन गरेर उनको खोजी कार्य भइरहेको प्रहरी दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित