गोलबजार नगरपालिकाबाट अनलाइन भुक्तानी सेवा सुरु

Picture of हरियो पाटी

हरियो पाटी

756
SHARES
1k
VIEWS

सिरहा माघ१३-  सिरहाको गोलबजार नगरपालिकाले आजदेखि अनलाइन भुक्तानी सेवा औपचारिक रूपमा सुरु गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीका अनुसार यो सेवा सञ्चालनमा आएसँगै उपभोक्ताहरूले घरमै बसेर सहज रूपमा आर्थिक कारोबार गर्न सक्नेछन्।

नगर प्रमुख श्याम कुमार श्रेष्ठले अनलाइन प्रविधिको प्रयोगले सेवाग्राहीहरूलाई राहत पुगेको र नगरपालिकाको सेवा प्रवाहमा नयाँ आयाम थपिएको बताएका छन्। अब नगरपालिकाले उपभोक्ताहरूको खातामा प्रत्यक्ष रकम ट्रान्सफर गर्ने प्रक्रिया अपनाउने जानकारी दिएका छन्।

यो प्रणाली सुरु भएपछि कर तिर्ने, सेवा शुल्क भुक्तानी गर्ने, सामाजिक सुरक्षा भत्ता र अन्य प्रकारका आर्थिक सहयोगको रकम सहजै प्राप्त गर्न सकिनेछ। यस कदमले नगरपालिका र सेवाग्राहीहरूबीचको सम्बन्धलाई थप पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

नगरपालिकाले यो सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधि विभागलाई सशक्त बनाउँदै उपभोक्ताहरूलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउने जनाएको छ। स्थानीयबासीहरूले समय, श्रम, र लागतको बचत हुने भएकाले यो सेवा प्रति खुसी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित