माटो दिवश सबैले एकवद्ध भई मनाउनु पर्छ नगर प्रमुख श्रेष्ठ

हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

सिरहा गोलवजार । सिरहा स्थित मुसहर जातीय संस्था सवरी संकल्प समाज र नेपाल मुसहर जातीय मरर गोराईत समितीको अगुवाईमा मुसहर जातीले बिहिवार १५ औं माटो दिवश गोलवजारमा मनाएइकाछन् ।

मुसहर जातीका अगुवाकार्यता, जातीय मरर, गोराईत र माटोप्रेमी तथा गैरजाती अगुवा कार्यकताको सहभागीतामा माटोको टिकालाई र माटो सम्बन्धि गित संगित प्रस्तुत गरि माटो दिवश मनाएका हुन् ।

१५ औं माटो दिवशका प्रमुख अतिथि नगर प्रमुख श्याम कुमर श्रेष्ठले माटो दिवश मुसहर जातीको मात्र दिवश होईन यो सवैले जातीले एकवद्धभई मनाउनु पर्ने आवश्यक रहेको बताए । माटो मानवलाई अन्तरशक्ति प्रदान गर्ने स्रोत हुन तर माटोलाई ब्यबस्थान र स्मरण गरेर सचेतना बढाउनु सकारात्मक रहेको बताए । यस माटो दिवशलाई माटो दिवश मनाउन सकारात्मक भुमिका खेलेका स्मरण गर्दै भविष्यमा पनि यसलाई अगाडी बढाउन जोड दिने बताए ।

कार्यक्रमा टोलका मरर गोराईत र अगुवा कार्यकार्यकताहरुको सहभागित रहेका थिए भने छिमेकी जिल्लाहरुवाट प्रतिनिधी मुलक प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

मुसहर जाती समाजिक रुपमा शोषित र अपलेलित भएको ठहर गर्दै यस जातीको विकास स्वयम जातीवाट मात्र सम्भव नभई राज्यले विशेष सुविधा प्रदान गरि राज्यको निकायमा सहभागीता गराउन सक्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित