गोलबजारमा फाइबर सिरक वितरण

Picture of हरियो पाटी

हरियो पाटी

650
SHARES
891
VIEWS

 सिरहा– सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ। वडा कार्यालयले वडा भित्रका तिन सय १५ जना एकल महिला,विधवा महिला,दलित महिला,अपाङ्ग र ज्येष्ठ नागरिकका लागि लक्षित गरि सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिसरण ठाकुरले जनाएको छ ।

फाइबर सिरक वितरण गर्दै वडा अध्यक्ष र वडा सदस्य

दलित समुदायका ६० वर्षदेखि माथिका जेष्ठ नागरिक, अन्य समुदायका ७० वर्षदेखि माथिका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण गरिएकाे हाे।

तिन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष अध्यक्ष ठाकुरले जानकारी दिए।वडा अध्यक्ष ठाकुर वाडा सचीव र वाडा सदस्य हरुले र संयुक्त रुपमा फाइबर सिरक हस्तान्तरण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित