माघ ७ सिरहा- सिरहाको गोलबजार नगरपालिकाले चिसो मौसममा नगरबासी तथा सर्वसाधारणका लागि आगो घुरको व्यवस्था गरेपछि स्थानीयवासीले नगरपालिकाको यो कदमको खुलेर प्रशंसा गरेका छन्। नगर प्रमुख श्यामकुमार श्रेष्ठसहित नगरपालिकाको समर्पित टोलीले चिसोबाट जोगिन नगरका विभिन्न ठाउँमा आगो बाल्ने व्यवस्था गरेको हो।
नगरपालिकाले विशेषगरी बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने स्थानहरूमा घुरको व्यवस्था गरेको छ। यसले वृद्धवृद्धा, बालबालिका, मजदुर, र अन्य सर्वसाधारणलाई राहत मिलेको छ।
स्थानीयवासी हरि यादवले भने, “चिसोले धेरै समस्या हुन्थ्यो, तर नगरपालिकाले यो पहल गरेपछि राहत मिलेको छ। हामी नगरप्रमुखलगायत सबैलाई धन्यवाद दिन चाहन्छौं।”
नगर प्रमुख श्यामकुमार श्रेष्ठले भने, “नगरवासीलाई कुनै पनि प्रकारको कठिनाइ हुन नदिन हामी सधैं तत्पर छौं। यस घुर व्यवस्थाले चिसोको समयमा सबैलाई सहयोग गर्ने विश्वास लिएका छौं।”
नगरपालिकाले आगो बाल्नको लागि पर्याप्त दाउरा र अन्य स्रोतहरूको व्यवस्था गरिरहेको बताएको छ। साथै, नगरबासीलाई चिसो मौसममा सुरक्षित रहनका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


















Discussion about this post