मधेसी सहिदको सपना साकार गर्न मधेसी दलहरू एकजुट हुन आवश्यक अध्यक्ष राजेन्द्र महतो

Picture of हरियो पाटी

हरियो पाटी

546
SHARES
748
VIEWS

लहान – मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसी सहिदहरूको सपना साकार पार्नका लागि मधेसी दलहरू एकजुट हुन आवश्यक रहेको बताएका छन्।

महतोले सहिदहरूको बलिदानले मधेस आन्दोलनलाई उचाइमा पुर्‍याएको र अहिलेको राजनीतिक उपलब्धि उनीहरूको योगदानकै प्रतिफल भएको बताए। उनले भने, “मधेसी जनताको अधिकार स्थापित गर्न सहिदहरूले दिएको बलिदानको सम्मान गर्न हामी सबैले एकताको सूत्रमा बाँधिनुपर्छ। बिभाजनले हाम्रो आन्दोलनलाई कमजोर बनाउँछ।”

कार्यक्रममा उपस्थित अन्य नेताहरूले पनि मधेस आन्दोलनका सहिदहरूको योगदान स्मरण गर्दै समान अधिकार, न्याय र समानुपातिक समावेशीताको माग पूरा गर्न सबैले साझा रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

सालिकमा माल्यअर्पण समारोहमा सहिद रमेश महतोका परिवारका सदस्य, स्थानीय नेताहरू, समर्थकहरू, र मधेसी समुदायका जनताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले मधेसी जनताको एकता र अधिकारका लागि नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित