रामप्रताप बहुमुखी क्याम्पस गोलबजार बाट जगत यादबले दिए राजिनमा

हरियो पाटी

हरियो पाटी

556
SHARES
762
VIEWS

सिराह, २९ पुस। सिरहाको गोलबजार नगरपालिका ४ स्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखी क्यापस ब्यवस्थापन समितीका उपाअध्यक्ष जगत प्रसाद यादबले पदबाट राजिनाम दिएका छन्।व्यवस्थापन समितिले क्याम्पसमा शैक्षिक सुधार, सुशासनलगायतका कायमगर्न नसकको भन्दै यादबले पदबाट राजिनामा दिएका हुन्।

‘व्यवस्थापन समितीले न क्यामपसमा सुशासनको अनुभूति गराउन सक्या,े न त कुनै अतिरिक्त सकृयता देखाएर शैक्षिक क्षेत्रमा कुनै नयाँ कोशे ढुङा स्थापित गर्ने तर्फ पाइला चाल्न सक्यो। व्यवस्थापन समिती अनिर्णयको बन्दीमा परेको महसुस मलाई भएको छ।’ त्यसैले मैले पदबाट राजीनामा दिएको हुँ। यादवले दिएको राजीनामा पत्रमा उल्लेख भएको छ।

क्याम्पस सञ्चालक समिति निश्चित नेता र क्याम्पस प्रमुको चाहाना र आवश्यक्ता पुरा गर्न मात्र गठन भएको स्थानीय बुद्धिजीविहरु बताउँछन्। क्याम्पस प्रमुख किशोर साहले २०८१ बैशाख २२ गतेको साधारणसभाामा प्रस्तुत गरेको प्रतिवेदन उपर छानविनगर्न समिति गठन गरेपनि त्यसको अझै कुनै काम हुन नसक्नुले पनि सञ्चालक समितिको काम कार्वाहीलाई उदाङ्गो पारेको छ।

त्यसैगरी, क्यामपस प्रमुखको कार्याअवधि सकिएको बर्षौं वितिसक्दा पनि नयाँ प्रमुख छान्न नसक्नु सञ्चालक समिति क्याम्पस प्रमुखको कठपुतलीजस्तो भएको देखिन्छ।
पछिल्लो पटक ८ महिना अघि क्याम्पस सञ्चालक समिति गठन भएपनि यसले ठोस निर्णय लिन सकेको छैन। संविधान लाई नै चुनौति दिनेगरी समितिमा एक जनापनि महिला नराखी गठन गरेको प्रति पटक पटक कुरा उठ्दापनि यसको सम्वोधन हुन नसकेको स्थानीयहरुको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित