नगर स्तरीय क्रिकेटमा चोहर्वा बिजय

हरियो पाटी

हरियो पाटी

633
SHARES
867
VIEWS

पुस २७ सिरहा – सिरहाको गोलबजार नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा आयोजित नगर स्तरीय क्रिकेट टी २० प्रतियोगितामा गोलबजार नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटको जित हात पारेको छ। गोलबजार नगरपालिकाले फाइनल खेलमा कल्याणपुर नगरपालिकालाई हराउँदै उपाधि जितेको हो।

प्रतियोगिताको पहिलो विजेता गोलबजार नगरपालिका टिमलाई नगर प्रमुख श्याम कुमार श्रेष्ठले सिल्ड तथा नगद  ३० हजार हस्तान्तरण गरेका छन। दोस्रो उपविजेता कल्याणपुर नगरपालिका टिमलाई वडा अध्यक्ष सुरेन्द्र सिंहले नगद र सिल्ड वितरण गरेका थिए।

फाइनल खेलमा दुबै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोलबजार नगरपालिकाले बलियो रणनीति अपनाउँदै जित सुनिश्चित गर्न सफल भएको छ।

प्रतियोगिताले स्थानीय खेलकुद प्रतिभालाई प्रोत्साहन गर्नुका साथै युवा पुस्तामा खेलकुदप्रतिको आकर्षण वृद्धि गर्ने अपेक्षा गरिएको नगर प्रमुख श्याम कुमार श्रेष्ठले बताएका छन। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमीहरू, तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित