वन्दीपुरमा वातावरण संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

पुस २७ सिरहा – सिरहाको वन्दीपुरमा पुस २६ र २७ गते वातावरण संरक्षण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। श्री महिला सामूहिक भवन हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्र र संयोजक रामकेवल यादव थिए। कार्यक्रम सब-डिभिजन वन कार्यालय वन्दीपुरले आयोजना गरेको हो।

उक्त कार्यक्रममा सब-डिभिजन वन कार्यालयका योगेन्द्र प्रसाद यादव र गंगाराम दासको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, शिक्षक, पत्रकार, महिला समूहका सदस्य, तथा अन्य समुदायका २६ जना व्यक्तिहरू सहभागी भएका थिए।

हेटौंडाका वन विज्ञान प्रशिक्षक गुलाब कुमार चौधरीले प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि समुदायको सक्रिय सहभागिता र जनचेतना अभिवृद्धिको आवश्यकता रहेको बताए।

कार्यक्रमले वातावरण संरक्षणमा समुदायको सक्रियता बढाउने र जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यस्तो किसिमका कार्यक्रमले स्थानीय स्तरमा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित