रामभरोसि यादव
सिरहा पुस १६ सिरहा सिरहाको सुखिपुर नगरपालिका ६ बडहरीका मधुरीया सदाको करिव ७० वर्ष उमेरमा नेपाली नागरिकता नबनी दुई वर्ष अघि निधन भयो। नागरिक्ता नबन्दै मृत्यु भएकाले उनको श्रीमती, छोरा नथुनिया र बुहारी सोमनी पनि नागरिक्ता विहिन छन्। आफ् अग्रजहरुको नागरिक्ता नभएका कारण उनका चार जना नाती, नातीनीले पनि जन्म दर्ता र नागरिक्ता बताउन पाएनन्। यतिमात्र हैन अहिले मधुरीको नाती र नातीनाका सन्तानको पनि जन्मदर्ता हुन सकेको छैन।
मधुरीयाका छोरा ५० वर्षिय नथुनीया र वुहारी दिपनी सदायका २ छोरा र १ छोरी छन्। उनीहरु कसैको जन्म दर्ता छैन। कान्छो छोराको रविन्द्रको दुई महिना अघि एक छोरा पाएको छ। उनको पनि जन्म दर्ता हुन सकेको छैन।
छोरी रिना सदायको पाँच वर्ष अघि सिरहाकै गोलबजार नगरपालिका १० धोवियाधारका दिपीन्दर सदासँग विवाह भएको छ। उनका ३ वर्षको छोरी खुशबु र १ वर्षको छोरा आरएन छन्। छोरीको गाउँमै आएको विशेष शिविरमा जन्मदर्ता भएपनि छोराको जन्म दर्ता हुन सकेको छैन। रिनाको माईतिपक्षका तीन पुस्ता नागरिक्ता विहिन हुन्दा उनका सन्तान जन्मदर्ताबाटै वञ्चित हुन परेको छ।
गोलबाजर नगरपालिका ६ का मुक्ति र अनिता सदायको दुई वटा सन्तान जन्मदर्ता विहिन छन्। आफ्नै नागरिक्ता नभएपछि ९ वर्षिय छोरा प्रल्हाद र ७ वर्षिया छोरी खुशवु जन्मदर्ता विहिन भएका हुन्। मुक्ति आफूमात्र हैन उनका बुवा कजवा र आमा परमबत्ति सदाय पनि नागरिक्ता विहिन छन्।
माथि उल्लेखित विवरण तराईका मुसहर समुदायका प्रतिनिधी उदाहरण पात्र मात्र हुन्। सिरहाका सदायहरुकै नेतृत्वमा सञ्चालित गैरसरकारी संस्था सवरी संकल्प समाज गोलबजारले गरेको नमूना सर्बेक्षणमा उमेर पुगेका ८ सय ८२ जना व्यक्तिहरु नागरिकताविहीन रहेको देखिन्छन्। जस मध्ये महिलाको संख्या जम्मा ५ सय १३ जना र पुरुषको संख्या जम्मा ३ सय ६९ जना रहेको छ। जन्मदर्ताको अवस्थापनि यस्तै विकराल छ। जसको आधिकारीक सर्वेक्षण हुन नसकेपनि मुसहर समुदायमामात्रै पनि ठूलो संख्याका बालबालिकाको जन्मदर्ता हुन सकेको छैन। नेपालका २७ जिल्लामा छरिएर रहेका मुसहर समुदायको जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ रहेको छ, भने मधेश प्रदेशमा २ लाख ४७ हजार ५ सय ५५ रहेको छ। जसमा अहिले पनि ४० प्रतिशत मुसहर समुदाय नागरिकताविहीन रहेका छन्।
गरिबीको चरम रेखामा रहेका मुसहर समुदायको राज्यको अङ््गहरुमा सहज पहुँच छैन। जसका कारण उनीहरुले त्यहाँबाट पाउने सेवापनि सहज रुपमा पाउन सकिरहेको छैन। जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था, जटील तथा उल्झनयुक्त कानुनी प्रकृयाका कारण उनीहरुका सन्तानको जन्मदर्ता हुन सकिरहेको छैन। जन्म दर्ता नहुँदा राज्यबाट प्राप्त हुने बाल पोषण कार्याक्र, विद्यालय भर्ना तथा विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमबाट बञ्चित हुनु परेको छ।
चुनावका बेला सवै समस्या छनभरमै समाधान गर्ने बचनदिने नेताहरु चुनाव पछि मुख देखाउन नआउने नरहाका ३ का विल्टिदेवी सदाय बताउँछन्। उनी भन्छन्, ‘सधै भोट बैंककोरुपमा मात्र हेरीने हामी मुसहर समुदाय राज्यको सवै सेवाबाट बञ्चि हुनु परेको छ।’ व्यक्तिगत घटना दर्तामात्र हैन। शिक्षा, स्वास्थ्य, विकास निर्माण, खानेपानी सवैबाट हामीलाई बञ्चिती करण गरेको छ।
उनले आफूहरुले कानुन नजाने पनि वडा कार्यालयमा जन्म दर्ता गराउन जाँदा आमा, बुबाको नागरिक्ता खोज्ने, पैसामाग्ने जस्ता समस्याका कारण पनि धेरै बच्चाहरुको जन्मदर्ता रोकीएको छ।
Discussion about this post