विद्यालय बन्द गरेर शिक्षकहरू भ्रमणमा 

हरियो पाटी

हरियो पाटी

791
SHARES
1.1k
VIEWS

सिरहा – सिरहाको गोलबजार नगरपालिका-८, चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र वडाअध्यक्ष सहितको टोलीले विद्यालय बन्द गरेर चारदिने सैक्षिक भ्रमणमा गएको छ। वडा अध्यक्ष देव नारायण महताे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतो प्र.अ ब्रहम देव महतो लगाइत बिधालयका शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समितिका सदस्य सहित २५ जनाकाे जमात टाेलि सैक्षिक भ्रमणमा पुगेका छन । नगरशिक्षा शाखा प्रमुख सुबाेध लामाले विद्यालय बन्द गरेर गरिएको भ्रमण गैरजिम्मेवार रहेको बताए। शिक्षा शाखा र नगरपालिकामा कुनै जानकारी नदिई भ्रमणमा गएपछि । विद्यालयको नियमित पठनपाठन अवरुद्ध गरिँदा करिब ९सय विद्यार्थीको पठन पाठन प्रभावित भएको छ।

शिक्षा शाखा प्रमुख लामाले भने, “यस किसिमको गैरजिम्मेवार गतिविधिले विद्यार्थीहरूले पढाइमा नकारात्मक असर पर्छ । आफुलाइ भ्रमणबारे कुनै जानकारी प्राप्त नभएको बताए ।

शिक्षकहरूले बिहीबारदेखि आइतबारसम्म भ्रमण गरेका छन । भ्रमणमा विद्यालयको रकम प्रयोग गरी नेपालका विभिन्न स्थान भ्रमण गरेका छन। एक शिक्षकले यो भ्रमण विद्यालयको आन्तरिक स्रोतबाट गरिएको जानकारी दिएका छन्।

विद्यार्थीहरूको अध्ययनलाई प्राथमिकता नदिई यसरी विद्यालय बन्द गरी शिक्षकहरू व्यक्तिगत भ्रमणमा लाग्नुले अभिभावक र समुदायमा समेत चासोको बिषय बनेका छन। यस सम्बन्धमा शिक्षा शाखाले थप अनुसन्धान गरी सम्बन्धित पक्षलाई जवाफ लिने जनाएको छ।

विद्यार्थीको पठनपाठन प्रभावित हुने गतिविधिमा रोक लगाउन सरोकारवालाहरूले तुरुन्त कदम चाल्नुपर्ने स्थानीय अभिभावक हरुले बताए । समुदायले विद्यालय प्रशासनलाई जिम्मेवार बनाउँदै यस्ता गतिविधि दोहोरिन नदिनका लागि उचित उपाय अवलम्बन गर्नुपर्ने माग गरेका छन्। याे बिषयमा बिद्यालय प्रशासन संग प्रतीकृयालिन खोजदा फोन उठेन्न्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित