गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीय खुसी

हरियो पाटी

हरियो पाटी

619
SHARES
848
VIEWS

सिरहा, १४ पुस।  धेरै वर्षदेखि फोहोर पानी खाइ रहेका गोला मुक्सारका स्थानीयकाे घर घरमा पानीको धारा पुगेपछि स्थानीय खुसी भएका छन । नगर प्रमुख सहित  उद्घाटन तथा घोषणा सभामा उपस्थित अतिथीहरुलाई सम्मान गर्नुका साथै नाच गान गरेर स्वागत गरेका छन। 
गोलबजार नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको खानेपानी समस्या समाधानगर्न योजनाबद्ध रुपमा प्रयास गरिरहेको नगरप्रमुख श्याम कुमार श्रेष्ठले बताएको छ। गोला मुक्सार खानेपानी सरसफाई तथा स्वच्छता हस्तान्तरण तथा पूर्ण सरसफाई बस्ती घोषणा कार्यक्रमलाई सम्वोधनगर्दै मेयर श्रेष्ठले यस क्षेत्रको खानेपानी समस्या समाधानमा पालीकाको प्रयास जारी रहेको बताए ।

गोलबजार नगरपालिका १ र ३ मा पर्ने गोला मुक्सार खानेपानी तथा सरसफाई आयोजना उद्घाटनसमेत गर्दै यहाँका ७५ घर परीवारमा चाँडै पानी पुर्याउने मेयर श्रेष्ठले प्रतिबद्धता जनाए। उनले भने, ‘अहिले यसको क्षमताले ६० घरपरीवार मात्र धारा प्रयोग गर्न सक्ने अवस्था छ। योजनाको क्षमताले सवै घरपरीवारलाई धान्न नसक्ने भएकाले ६० घर परीवारमामात्र पानी वितरण गरिएको हो। बाँकी घरपरीवारलाई पनि बैकल्पीक व्यवस्था गरेर भएपनि खानेपानी पुर्याउने मेरो प्रतिबद्धता छ।

कदर पत्र प्रदान गर्दै नगर प्रमुख श्याम कुमार श्रेष्ठ

गोलबजार नगरपालिका, गैरसरकारी संस्था सवल नेपाल र स्थानीयको जनश्रमदानसहित कुल ५० लाख ९४ हजार ७ सय ५६ रुपैयाँ २० पैसा लागतमा खानेपानी योजनालाई मर्मत, नयाँ पाईपलाई र धारा जडान गरिएको हो। जसको लागि नगरपालिकाले १९ लाख ७८ हजार ७ सय ४ रुपैयाँ ५१ पैसा, सवल नेपालले २३ लाख ७९ हजार ६ सय ७७ रुपैयाँ २७ पैसा र समुदायको ७ लाख ३६ हजार ३ सय ७६ रुपैयाँ ४२ पैसाको श्रमदानमा आयोजना सम्पन्न भएको हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित