घुर्मिकिनार बन उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न

हरियो पाटी

हरियो पाटी

540
SHARES
740
VIEWS

सिरहा, गोलबजार नगरपालिका-१० घुर्मिकिनार बन उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा नगर प्रमुख श्याम कुमार श्रेष्ठले बन संरक्षण र हरियाली प्रवर्द्धनको लागि प्रतिबद्धता जनाउँदै बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष ओपेन्द्र मुखिया र वडा नं. २ का वडा अध्यक्ष सुगदेव महतोको विशेष उपस्थिति रहेको थियो। नगर प्रमुख श्रेष्ठले बन संरक्षण, हरियाली संरक्षण, र वातावरणीय सन्तुलन कायम गर्न समुदायको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा बन क्षेत्रमा आवश्यक पूर्वाधार विकास र संरक्षणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन।

बन उपभोक्ता समितिका पदाधिकारीहरूले पनि समुदायमा बन संरक्षणप्रतिको जनचेतना जगाउन आगामी दिनमा थप अभियान सञ्चालन गर्ने योजना रहेको बताए। सभामा स्थानीय जनप्रतिनिधि, बन उपभोक्ता, र सरोकारवालाहरूको  सहभागिता रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित