सिरहा, १२ पुस। गोलबजार पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य विश्वनाथ साहले खाने पानीको दिगो समाधानको लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन्। गोलबजार खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीका नव निर्वाचित पदाधिकारीको पदभार तथा सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै खानेपानीको उचित समाधानका लागि पहलकदमी लिन आफू तयार रहेको बताएका हुन्।
नेता साहले खानेपानीको समस्या समाधानका उपाय अपनाउन आग्रह गरे। उनले भने,शुद्ध पीउने पानी मानव जीवनको अत्यन्त महत्वपूर्ण बस्तु हो। यसलाई टालटुलेपाराले भन्दा दिगो समाधानतर्फ हामीले सोच्नु पर्छ त्यसको लागि मैले गर्नु पर्ने आवश्यक सहयोग गर्न तयार छु।
सोही क्रममा नेता साहले गोलबजार नगरक्षेत्रमामात्र ९ वटा खाने पानी योजना अन्तर्गत ओभरहेड ट्याङ्क निर्माण र बोरिङ्ग जडान भएपनि सञ्चालन आउन नसकेको बताए। उनले ती योजनाहरु सञ्चालन गर्न सबैको सहयोग जरुरी रहेको बताए।
पदभार ग्रहणगर्दै खाने पानीका नवनिर्वाचित अध्यक्ष जिवछ साहले योजना पूर्णरुपमा सञ्चालन गर्न यो समितिले आफ्नो सवै बुद्धि विवेक र श्रम खर्चगर्ने प्रतिबद्धता जनाए। उनले आफू सधैं सामाजिक कार्यमा अग्रसर रहँदै आएको स्मरण गराउँदै खानेपानी योजनालाई सफल बनाउन सवैको साथ सहयोगको अपेक्षा रहेको बताए।
निर्वाचन मण्डलका संयोजक तथा पूर्र्व नगर प्रमुख देबनाथ साहको अध्यक्षता सम्पन्न सपथ ग्रहण कार्यक्रममा जग्गादाताहरु विनोद कुमार सिंह, रामविलास महतो, पिताम्बर महतो, छट्टुलाल महतो, रामभरोस महतो, रामप्रसाद लामालगायतलाई सम्मान गरिएको थियो।
Discussion about this post