सिरहामा दुई समूह बिच झगडामा प्रदेश सभासदस्य खातुनसहित १८ जना घाइते

हरियो पाटी

हरियो पाटी

545
SHARES
746
VIEWS

सिरहा, ८ पुस । सिरहा सिरहाको गोलबजार नगरपालिका १३ दुर्गापुरमा आपसी विवादले झडपको रुप लिएपछि प्रदेशसभा सदस्य शाहिदा खातुनसहित १८ जना घाइते भएका छन् । तीन महिना अघि गाउँमा भएको हत्या घटनाका विषयमा छलफलको लागि भेला भएका गाउँलेहरुलाई प्रदेशसभा सदस्य खातुनका भाई मोहमद रहिम लगायतका समूहले एकासी कुटपिट गर्न थालेपछि भएको दोहोरो झडपमा उनीहरु घाइते भएको बताइएको छ ।

गत कात्तिक २७ गते स्थानीय श्रीदेव महराको छोरा २० वर्षिय कृष्ण कुमार महराको हत्या घटनामा स्थानीय एक किशोरको समेत नाम रहेको भन्दै प्रदेशसभा सदस्य खातुनले गाउँ छोड्न पटक–पटक दवाव दिनेगरेको विषयमा उनको अभिभावकले आज विहान छलफल राखेकै ठाउँमा कुटपीट गरेको घाइतेसमेत रहेका मोहम्मद सोवरथले बताए ।

प्रदेशसभा सदस्य खातुन र उनको श्रीमानले समेत छोरालाई गाउँ छोड्न पटक–पटक दवाव दिएपछि उनका अभिभावकले गाउँमै भेला राखेर प्रदेशसभा सदस्य खातुनलाई बोलाउन जाँदा गाली गलौज गर्दै उनका भाई रहिम लगायतका समूहले आएर एक्कासी कुटपीट गरेको घाइते दिपर खातुनले बताइन् ।

झडपमा दुवै समूहका ९÷९ जना घाइते भएका छन् । उनीहरुका गोलबजारस्थित भुमिजा हस्पिटल र वर्धमान हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले बताए ।  ।

यता प्रदेश सभासदस्य खातुनले भने उनीहरु आफै आफ्नो घरमा आएर छोराको विषयमा बुझ्न आउने गरेको भन्दै आफूले त्यस्तो कुनै दवाव नदिएको बताए । उनले भने, ‘हत्या जस्तो घटनामा मैले कुनै दवाव दिने कुरै आउँदैन । त्यो कानुनले गर्ने विषय हो । यो मलाई बदनाम गर्ने प्रया मात्र हो ।

गाउँको मदरसाका अध्यक्ष समेत रहेका मोहम्मद सोवरथले आर्थिक हिनामिना गरेको विषयमा मैले चासो राखेपछि मलाई बदनाम गर्ने उदेश्य सहित प्रचार बाजी र हमला गरेको आरोप लगाए। उनले भने सोवरथले मदरशामा आर्थिक हिना गर्दै आईरहेको छ ।

मैले हिसाव माँगेपछि मलाई बनाम गर्ने, दवाव दिने नियतले यो सव घटना घटाएको हो। आज विहान पनि मलाई थाहै नदिई भेला गरेर म माथि हमला गराएका हुन् । सोवरथ पक्षले भने विना कारण गाउँमा आफ्ना विपक्षीलाई धाक धम्की दिने गरेको आरोप लगाएको छ। प्रत्यक घटनामा उनका भाईसमेतले गाउँलेलाई धरै बोलिसभने फसाईने, मार्ने सम्मको धम्कीदिने गरेको स्थानीयको आरोप छ ।

प्रहरीले प्रदेशसभा सदस्य खातुनमाथि हातपात गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अर्को पक्षले पनि उजुरी दिए आवश्यक कार्वाही अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित