गोलबजारमा खानेपानीको उद्घाटन, ७३ घरधुरी लाभान्वित

Picture of हरियो पाटी

हरियो पाटी

642
SHARES
880
VIEWS

पुस ,७सिरहा, गोलबजार नगरपालिका–९ अवासनगरमा लामो समयदेखि भइरहेको खानेपानी समस्याको समाधान गर्न निर्माण गरिएको खानेपानी योजनाको आज औपचारिक उद्घाटन गरिएको छ। गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले एक कार्यक्रमका बीच उक्त योजनाको उद्घाटन गरेका हुन्।

नगर प्रमुख श्रेष्ठका अनुसार, गोलबजार नगरपालिकाको लगानीमा सम्पन्न यो योजनाबाट स्थानीय ७३ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। उनले स्वच्छ र पर्याप्त पानीको सुविधा उपलब्ध गराउँदै स्थानीयको जीवनस्तर उकास्न यस योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नगर उपप्रमुख मान्ति साह, वडा अध्यक्ष सुरेन्द्र कुमार सिंह, तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो। वडा अध्यक्ष सिंहले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि यो योजना राहतको स्रोत बनेको बताए।

स्थानीय बासिन्दाले खानेपानीको सुविधा आफ्नै आँगनमा पाएपछि खुसी व्यक्त गरेका छन्। उनीहरूले नगर प्रमुख श्रेष्ठ र नगरपालिकालाई धन्यवाद दिदै यस कदमले आफ्नो दैनिक जीवनमा सहजता ल्याएको प्रतिक्रिया दिएका छन्।

यस योजनाले अवसानगर क्षेत्रमा स्वच्छ पानीको आपूर्ति गर्दै, स्थानीयको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित