सिरहा, गोलबजार – गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। नयाँ कार्यसमिति गठनका लागि आज बिहानदेखि उपभोक्ताहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
मतदान प्रक्रिया शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको निर्वाचन समितिले जानकारी दिएका छन्। उपभोक्ताहरूको व्यापक सहभागिता रहेको समावेशी नेतृत्व चयन गर्ने विश्वास गरिएको छ।
समितिको नेतृत्वका लागि दुई प्रमुख प्रमोद लामा र जिवछ साह प्यानल बिच प्रतिस्पर्धा भइरहेको छ। दुवै समूहले आफ्नो पक्षमा उपभोक्ताहरूलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका थिए।
मतदान कार्य आज साँझसम्म जारी रहनेछ भने मतगणना आज साझ देखि सुरु गरिने योजना रहेको निर्वाचन समिति ले जनाएको छ। यस पटकको चुनावले गोलबजारको खानेपानी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


















Discussion about this post