गढीमाई दर्शन गरेर फर्किएका ८ जनाको मृत्यु, ५ घाइते

हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

रौतहट : रौतहटमा मध्य राती भएको स्कार्पियो दुर्घटनामा ८ जनाको ज्यान गएको छ ।  दुर्घटनामा ५ जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको लमहा जङ्गलमा बाराको गढीमाई मन्दीरबाट दर्शन गरेर फर्किने क्रममा बा१६च ३१६२ नम्बरको स्कार्पियो दुर्घटाना हुँदा घटना स्थलमै ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताएका छन् ।

दुर्घटनामा सिरहा अर्नामा गाउँपालिका वडा नम्बर ३ का  ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवि महरा, ५० वर्षीया रामकुमारी देवि महरा, ५५ वर्षीया  महङ्गी देवि महरा, ६२ वर्षीया  फुलबन्ती देवि चमार, ६० वर्षिया रामकुमारी देवि महरा ३० वर्षीया सकुन्तला देवि महरा र सोही गाउँपालिकाको वडा नम्बर ५ बलुवा टोलका स्कार्पियो चालक वर्ष ४०को शिव कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग सडक खण्डमा १२:३० बजेको समयमा तीव्र गतिमा गुडिरहेको गाडी करिब ३० मिटर जङ्गल भित्र रुखमा ठोकिएर दुर्घटना भएको थियो ।  दुर्घटनामा पाँच जना घाइते भएका र घाइते सबैको पर्साको  बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु भएकाको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित